२६ माघ २०८१, शनिबार

दर्शन सम्वाददाता

३ वर्ष अगाडि

बिराटनगर, २४ मंसिर । पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले अमडुवामा भएको ६५० विघा जग्गा मध्ये ३०० विघा जग्गा पाए १ महिना भित्र अन्तर्राष्ट्रिय विमानस्थल त्यहाँ निर्माण गर्ने निर्णय गरेर बजेट उपलव्ध गराउने ठोकुवा गर्नु भएको छ ।
मन्त्री आलेले नेपाल उद्योग परिसंघ प्रदेश नंं. १ को प्रथम साधारण सभा उद्घाटन समारोहमा बोल्दै सो कुरा बताउनु भएको हो ।
उहाँले १२६ विघा जमिन अधिकरण गर्नुपर्ने भएकाले लगभग १६ अर्व वजेट लाग्ने बताउँदै त्यो भन्दा सरकारी स्वामित्वमा रहेको जग्गा भए विमानस्थल निर्माण गर्न आपूmले २५ अर्व, ३० अर्व जति चाहिए बजेट जुटाउन सक्ने पनि सो अवसरमा बताउनु भएको छ ।
उहाँले मन्तव्यका क्रममा कार्यक्रमका सभापति संघका अध्यक्ष भीम घिमिरेतर्पm इंकित गर्दै जग्गा उपलव्ध गराउन तपाईले मात्र गरेर हुँदैन तपाईको सिएनआईलगायत यहाँका सम्पूर्ण उद्योगी व्यवसायी, विभिन्न संघ संस्थाका व्यक्तिहरु, राजनैतिक दलहरुको सहमति भएमा आपूm त्यसको निर्णय गरेर बजेट जुटाउन लाग्ने बताउनु भयो ।
उहाँले मन्तव्यकै क्रममा मेरो मन्त्रालयअन्तर्गत कुनै एउटा पनि कुरा कमी कमजोरी गरेछु भने म राजिनामा दिन तयार छु भन्नु भयो । म मिसन पनि क्लियर र भिजन पनि क्लियर भएको मान्छु हुँ प्रेम आले ।
आपूm मन्त्री भएर आएदेखि मन्त्रालयअन्र्तगत भएका विकृति विसंगतिहरु हटाउन लागेको बताउँदै विराटनगर विमानस्थलमा सुधारका कार्यहरु गर्न निर्देशन दिएको जानकारी दिनुभयो । विमानस्थलमा यात्रुले सामान लिन निकै कुर्नु पर्ने देखेको बताउँदै उहाँले छिट्टै लगेज एक्जाभेटर उपलव्ध गराउने बताउनु भयो ।
सो अवसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव, प्रमुख सचिव रामप्रसाद घिमिरे, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संघको साधारण सभाले भीम घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । सो अवसरमा तीन जना पत्रकारसहित ४ जनालाई नगदसहित सम्मान पनि गरेको थियो ।

शुक्रबार, मंसिर २४, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]