१७ कार्तिक २०८१, शनिबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, १७ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अपांगता भएका व्यक्तिको क्षमता विकासमा लाग्ने बताउनु भएको छ । उहाँले अपांगता भएका व्यक्तिको क्षेत्रमा कार्यरत संस्थाप्रति आफु सँधै सकारात्मक रहेको बताउनुभयो ।
अपांगता भएका व्यक्तिहरुको ३० औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपांग महासंघ प्रदेश १ ले शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनु भएको हो । मन्त्री यादवले भन्नुभयो, ‘शारिरीक रुपमा समस्या भएपनि उहाँहरु मानसिक रुपमा तेज हुनुहुन्छ ।’ अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन हुन नसकेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघ प्रदेश १ अध्यक्ष पार्वता श्रेष्ठले डिसेम्वर ३ अपांगता भएका व्यक्तिहरुको हर्ष, उत्सवको दिन भएको बताउनुभयो । उहाँले दिवसको अवसर पारि अपांगता भएका व्यक्तिहरुले गरेको उपलब्धीलाई संस्थागत गर्ने दिन पनि भएको बताउनुभयो ।
अपांगता भएका व्यक्तिहरुको ३० औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा विराटनगर जनआन्दोलन चोकबाट शुरु भएको ¥यालीले नगरका विभिन्न भागको परिक्रम गरि जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

शुक्रबार, मंसिर १७, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]