०८ माघ २०७८, शनिबार

दर्शन सम्वाददाता

२ महिना अगाडि

बिराटनगर, १४ मंसिर । नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः दोस्रो कार्यकालका लागि डिकबहादुर लिम्बु विजयी हुनु भएको छ ।
जिल्ला सभापति चयनका लागि मंगलबार भएको दोश्रो चरणको निर्वाचनमा प्रतिद्वन्दी भन्दा ४८४ मतान्तरले लिम्ब् विजयी हुनु भएको हो । मंगलबार राति आएको निर्वाचन परिणमअनुसार डिगबहादुर लिम्बू १ हजार ९ सय ६ मत प्राप्त गर्नु भएको छ भने अर्का प्रतिद्वन्दी दिलिप गच्छदारले १ हजार ४ सय २२ मत प्राप्त गर्नु भएको छ ।
शेरबहादुर देउवा–कृष्णप्रसाद सिटौलाको गठबन्धनका उम्मेदवार गच्छदारलाई पराजित गर्दै डा. शेखर कोइराला समूहका लिम्बू दोस्रो कार्यकालका लागि नेपाली कांग्रेस मोरङ सभापतिमा निर्वाचित हुनुभएको छ ।
मंगलबार भएको निर्वाचनमा ३३५६ मत खसेको थियो जसमध्ये २५ मत बदर भएको थियो ।
यसअघि शनिबार भएको निर्वाचनमा ३ जना उम्मेदवार मध्ये कसैको ५१ प्रतिशत मत नआएपछि मंगलबार पुन.निर्वाचन भएको थियो ।

मंगलबार, मंसिर १४, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]