११ माघ २०८१, शुक्रबार
मोरङमा पौडेल–कोइराला पक्ष बलियो, संस्थापनका दुई सभापति मात्र विजयी

प्रदेश पदाधिकारी र १९२ अधिवेशन प्रतिनिधि चयन

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, ५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङमा प्रदेश निर्वाचन क्षेत्रका सभापति, पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका छन् ।
निर्वाचन परिणामअनुसार कांग्रेस संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ । जिल्लाभर जम्मा १२ प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जना सभापतिमात्र विजयी भएका छन् ।
मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये चारवटामा सर्वसम्मत भएपछि थप आठ वटामा सभापति चयन गर्न शनिबार निर्वाचन सम्पन्न भएको हो ।
साँझदेखि नै मतगणना आरम्भ भएको थियो । आईतबार बिहान प्राप्त मत परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा नरबहादुर तामाङ र ‘ख’ मा राजकुमार लामा निर्वाचित भएका छन् । लामा सर्वसम्मत भएका हुन् । यसैगरी निर्वाचन क्षेत्रन नम्बर २ ‘क’ मा कन्यैहालाल राजवंशी र ‘ख’ देवेन्द्र बस्नेत विजयी भएका छन् । कन्हैयालाल सर्वसम्मत भएका हुन् ।
निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ गंगा याक्खा र ‘ख’ जगतलाल चौधरी, क्षेत्र नम्बर ४ ‘क’ मा एकाराम माझी र ‘ख’ मा सुबोध निरौला निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ अचानु खाँ गनगाई र ‘ख’ जितु साह विजयी भएका छन् । उनीहरु सर्वसम्मत भएका हुन् । कांग्रेस नेता अमृत अर्यालको समर्थन र सहयोगमा निर्वाचित उनीहरु देउवा पक्षका उम्मेदवार हुन् ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘क’ दिपक भगत र ‘ख’ मधुवाबु तिवारी विजयी भएका छन् । निर्वाचनबाट प्रदेश निर्वाचन क्षेत्रको सभापतिसहित पदाधिकारी निर्वाचति भएको मोरङ कांग्रेसका सचिव मोदराज घिमिरेले जानकारी दिएका छन् । घिमिरेका अनुसार मोरङको मत परिणामअनुसार जिल्लामा पौडेल–कोइराला समूह दह्रो देखिएको छ । निर्वाचनबाट हरेक निर्वाचन क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन् । जिल्लाबाट जम्मा १९२ जना अधिवेशन प्रतिनिधिले प्रदेश पदाधिकारी चयन गर्न मत खसाल्ने छन् ।
मोरङ कांग्रेसका अनुसार जिल्लामा जम्मा ३५५१ क्षेत्रीय प्रतिनिधि विजयी भएका थिए । प्रदेश प्रतिनिधि र पदाधिकारी चयन गर्न तीमध्ये करिब ९९ प्रतिशतले मत खसालेको पार्टी सचिव घिमिरेले जानकारी दिएका छन् ।
मोरङको क्षेत्र नं १ ‘क’ २८३ र ‘ख’ मा ३७६, २ ‘क’ २९८ र ‘ख’ मा ३८४, ३ ‘क’ २५९ र ‘ख’ २६०, ४ ‘क’ ३५२ र ‘ख’ मा ३३८, ५ ‘क’ २४६ र ‘ख’ १९७, निर्वाचन क्षेत्र नम्बर ६ ‘क’ ३०४ र ‘ख’ मा २५४ मतदाता थिए ।
मोरङको निर्वाचनमा केन्द्रीय नेताहरु महेश आचार्य, डा. शेखर कोइराला, मिनेन्द्र रिजाल र अमृत अर्यालयको खास भूमिका रह्यो । केन्द्रीय नेताहरुले आफू पक्षधर सभापति तथा प्रतिनिधि चयन गराउन पहल र प्रयास गरेका हुन् । कतिपय क्षेत्रमा मोरङ कांग्रेस सचिव नागेश कोइराला र कांग्रेस संसदीय दल १ नम्बर प्रदेशका प्रमुख सचेतक तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की पक्षधर उम्मेदवारबीच पनि प्रतिस्पर्धा देखिएको छ । दुबै नेता एउटै खेमाका भएपनि पालिका तथा प्रदेश निर्वाचन क्षेत्रको चुनावमा आन्तरिक प्रतिस्पर्धा गरेका छन् ।

आइतबार, मंसिर ०५, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]