२० मंसिर २०८१, बिहिबार

दर्शन सम्वाददाता

३ वर्ष अगाडि

बिराटनगर, १३ कार्तिक । मोफसलका मुद्रण व्ययवसायीको हक अधिकारका लागि संधै अगाडि बढ्ने नेपाल मुद्रण उद्योग महासंघका निवर्तमान अध्यक्ष माधव केसीले बताउनु भएको छ ।
नेपाल मुद्रण उद्योग संघ मोरङको चौथो साधारण सभामा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले केन्द्रीकृत छपाईलाई राज्यले विकेन्द्रीकृत गर्नुपर्ने बताउँदै यसका लागि आपूm संधै मोफसलका मुद्रण व्यवसायीहरुको साथमा रहेको बताउनु भएको छ ।
त्यसैगरि शुभकामना मन्तव्य राख्दै मोरङ ब्यापार संघका महासचिव अनिल साहले मुद्रण व्यवसायीहरुको समस्याहरुका बारेमा संगै लड्न आपूmहरु तयार रहेको बताउनु भएको छ ।
सोही अवसरमा विराट व्यापार संघका अध्यक्ष सुजन थापाले विभिन्न समयमा नेपाल मुद्रण उद्योग संघ मोरङसंंग सहकार्य भईरहेको बताउँदै आगामी दिनहरुमा पनि सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।
सो अवसरमा नेपाल पत्रका महासंघ मोरङका अध्यक्ष सञ्जिव खनाल, नेपाल घरेलु तथा साना उद्योग संघका अध्यक्ष चेतन निरौला, संघका पूर्व अध्यक्षहरु कृष्णप्रसाद पोखरेल, कृष्णप्रसाद अधिकारी, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका तुलाराम घिमिरेलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा संघको जग्गा खरिद एवं भवन निर्माणमा सहयोग गर्नु हुने दाताहरुलाई सम्मान गरिएको थियो । त्यसैगरि पुराना मुद्रण व्यवसायी बल्लव श्रेष्ठ र चिरिञ्जिवी भण्डारीलाई सम्मान गरिएको थियो । छापानाखा श्रमिक नत्थु दास र कुञ्जीलाल मुडियारीलाई पनि ५ हजार नगदसहित सम्मान गरिएको थियो ।

संघको शनिबार सम्पन्न जिल्ला अधिवेशनले सुभाष कार्कीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा दिलिप अटल, सचिवमा बलराम गिरी, सह–सचिवमा कृष्ण ओझा र कोषाध्यक्षमा धर्मराज ढकाल निर्विरोध निर्वाचित हुनु भएको छ ।
त्यसैगरि सदस्यहरुमा राजेश गिरी, हरी दाहाल, गोकुल कार्की र नदिम दानिस जमाली निर्वाचित हुनु भएको छ ।

आइतबार, कार्तिक १४, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]