विराटनगर, ३ असोज । बोनम्यारो क्यान्सर पीडितका परिवारले कमजोर आर्थिक अवस्थाले छोराको उपचारमा समस्या भएको बताएका छन् ।
अरिहन्त मल्टिफाइवर्समा कार्यरत मजदुर दुहवी–८ सिसुवा टोलका गंगाबहादुर बुढाथोकीले आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या आएको आइतबार बिराटनगरमा पत्रकार सम्मेलन गरी बताउनु भएको हो ।
उहाँले २२ वर्षिय छोरा जनकबहादुर बुढाथोकीलाई पहिलो स्टेजको बोनम्यारो क्यान्सर भएपनि आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको बताउनु भएको छ । उहाँले तीन महिना अघि आपूmसंगै मजदुरी गर्ने छोरा दुब्लाउँदै गएपछि इटहरीमा भिडियो एक्सरे, रगत परीक्षण गराउँदा कोशी अस्पताल रिफर गरिदिएको बताउनु भयो ।
सामान्य ज्वरो आउने लगायतका समस्या देखिएपछि काममा पनि जान नसकेका जनकको कोशी अस्पतालमा थप उपचारपछि बोनम्यारो क्यान्सर भएको पत्ता लागेको बुबा गंगाबहादुरले बताउनु भयो । उहाँले जनकको तीन महिनाको छोरी रहेको पनि बनाउनु भयो ।
उहाँले छोरालाई उपचारमा ३० लाख वढि खर्च लाग्ने बताउनु भएको छ । उपचारका लागि हाल जनकलाई दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पताल लगिए पनि आर्थिक अभावले थप उपचार गराउन नसकिने गंगाबहादुरले बताउनु भएको छ । साथी भाई, इष्टभित्र, आफन्तहरु संग सरसापट, सहयोग मागी छोरालाई दिल्ली पठाएको पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
श्रीमती र छोरी सहित आउनु भएको उहाँले छोराको उपचारका लागि सबैसंग आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गर्नु भएको छ । कृषि विकास बैंक दुहबी शाखामा गंगाबहादुर बुढाथोकीको नाममा रहेको खाता नं. ०६०२८००८२९४४८०१४ मा जम्मा गरी मोवाइल नं. ९८०६०६३९०३ मा जानकारी गराईदिन अनुरोध गर्नु भएको छ ।