बिराटनगर, १७ जेठ । नेपालमा कोरोना भाइरसको संख्या बढेसंगै लकडाउनको समय थप भएको छ ।
मन्त्रि परिषद्को शनिबार बसेको बैठकले लकडाउन ३२ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
त्यसैगरि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमा नाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय आउँदो जेठ २० गतेसम्म रहेको थियो ।
मन्त्रिपरिषद्को बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ । विदेशमा अलपत्र रहेका नेपालीलाई नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने मन्त्रिपरिषद्ले तयारी गरेको छ ।
नेपाल आएका उनीहरुले १४ दिन होटलमा क्वारेन्टाइनमा बन्नुपर्ने व्यवस्था गरेको छ । १४ दिन क्वारेन्टाइनमा बसेका मानिसमात्र आप्mनो गृहजिल्ला जान अनुमति पाउनेछन् ।