१५ चैत्र २०८०, बिहिबार

दर्शन सम्वाददाता

३ वर्ष अगाडि

बिराटनगर, ९ भदौ । बिराटनगरका अस्पतालहरुमा उपचार गराउन आएका विरामीहरुलाई विभिन्न जालझेल गरी आप्mनो सम्पर्कमा रहेको अस्पताल तथा क्लिनिकहरुमा लाने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई यहाँ डाक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन“ भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्याइ आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने १० जना बिचौलियालाई मंगलबार विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई मंगलबार कोशी अस्पताल आसपासबाट ३ जना र नोबेल मेडिकल कलेज आसपासबाट ७ जनालाई नियन्त्रणमा लिएको हो । यसअघि पनि केही दिन अगाडि केही यस्तै प्रकारका कार्य गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेहरुमा दुहवी–६ का श्रीराम चौधरी, सिरहा–२ का सुर्य नारायण यादव, मोरङ कटहरी गाउँपालिका–३ का मो.जलिद, विराटनगर–७ का विश्वास मण्डल, रोशन गुप्ता, बिराटनगर–४ का सुजित यादव, बिराटनगर–५ का फिरोज राय, समिर खान, सरोज खान र बिराटनगर–३ का अमित यादव रहेका छन् ।

बुधबार, भाद्र ०९, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]