२६ माघ २०८१, शनिबार

Darshan Daily

३ वर्ष अगाडि

बिराटनगर, ५ भदौ । बिराटनगर जेसिजले आफ्ना पूर्व अध्यक्ष श्यामसुन्दर पौडेल मिलन लाई नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उठाउने भएको छ ।
भाद्र ४ गते बिराटनगर जेसिजको सचिवालयमा भएको बर्ष २०२१ को दोश्रो साधारण सभाले पौडेललाई सर्वसहमत रुपमा राष्ट्रिय अध्यक्ष बनाउने निर्णयलाई पारित गरेको हो ।
उक्त निर्णय पारित भएसंगै बिराटनगर जेसिजले अध्यक्ष जिताउ अभियान सुरु गर्ने भएको छ । सो का लागि हरिबहादुर श्रेष्ठको संयोजकत्वमा विशेष समिति निर्माण गरेको छ ।
जसमा पूर्वअध्यक्ष ठाकुरप्रसाद आचार्यको नेतृत्व रहने गरी मूख्य संयोजकत्वमा विभिन्न उप समितिहरु निर्माण गरिएका छन् र पौडेल जिताउ अभियानमा साधारणसभाबाट पारित भएसंगै सक्रिय भएका छन् ।
आफ्नो उम्मेद्बारी साधारणसभाबाट पारित भएसंगै अध्यक्ष पदका उम्मेदबार पौडेलले आफ्नो उम्मेदवारी समग्र १८ देखि ४० बर्षसम्मका युवाको हितमा हुने बिचार ब्यक्त गरे ।
युवाहरुलाई उद्यमशील बनाएरै छाड्ने आफ्नो अभियान रहेको र सो अभियानलाई सार्थक पार्न आफ्नो उम्मेद्बारी रहेको, जबसम्म एउटा युवालाई भित्रैबाट प्रज्वलित गर्न सकिँदैन तबसम्म कहिले पनि हामीले सोचेको उद्देश्य प्राप्ती हँुदैन र जबसम्म एउटा युवा उद्यमशील बन्न सक्दैन, उद्यमी बन्न सक्दैन तबसम्म समाज परिवर्तन सम्भव नभएकाले आफ्नो मूख्य उद्देश्य नै युवालाई उद्यमशील बनाएर देश बिकासको महान अभियानमा सामेल गराउने रहेको र सोका लागि आफ्नो उम्मेद्बारी रहेको प्रस्ट पारे ।
पौडेल बिराटनगरको स्थानीय मोरङ सहकारी अस्पताल तथा कोशी हेल्थ कलेजको संचालकको रुपमा समेत अघि बढिरहेका युवा हुन् । उनले जेसिज अभियानमा समर्पित हुँदै जेसिजका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभामा सहभागिता जनाएका छन ।
उत्कृष्ट कार्यकारी राष्ट्रिय पदाधिकारी अवार्ड २०१९, उत्कृष्ट राष्ट्रिय पदाधिकारी अवार्ड २०१८ बाट समेत राष्ट्रिय स्तरमा पौडेल पुरस्कृत भैसकेका छन् । उनी राष्ट्रिय पदाधिकारी छँदा १५६ शाखाको भ्रमण गरी हरेक जेसिजका सदस्यसँग हातेमालो गर्दै अघि बढेका छन् । बर्ष २०२१ मा राष्ट्रिय अध्यक्षको उम्मेद्बारी दिएका पौडेलले सहमति र सहकार्यका लागि आफ्नो उम्मेद्बारी अन्तिम समयमा फिर्ता लिएका थिए ।
बिराटनगर जेसिजका अध्यक्ष प्रदिप दाहालले आफ्नो शाखाले राष्ट्रिय अध्यक्षको उम्मेदवार उठाएकाले शाखाका सबै पदाधिकारी, सदस्य तथा पूर्व अध्यक्षहरुलाई सोहीअनुसार सक्रिय भएर लाग्न र २२ बर्षदेखिको राष्ट्रिय अध्यक्षको खडेरीलाई चिर्दै यस बर्ष अध्यक्षमा जिताएर नै छाड्ने गरी प्रतिज्ञा गर्दै अघि बढ्न अनुरोध गरे ।

शनिबार, भाद्र ०५, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]