२६ माघ २०८१, शनिबार

रबिन्द्र बराल

३ वर्ष अगाडि

रंगेली, ५ भदौ । नेपाल बिद्युत प्राधिकरणद्वारा कोशी कोरिडोर २२० किलो भोल्ट प्रसारण लाईन संचालनमा ल्याएको छ ।
नेपाल सरकार तथा भारतीय एक्जिम बैंकको संयुक्त लगानीमा उक्त आयोजनाको निर्माण कार्य गरेको हो ।
प्राधिकरणले राष्ट्रिय प्राथमिकता प्राप्त कोशी कोरिडोरअन्तर्गत पहिलो खण्डमा इनरुवा, धनकुटा, बसन्तपुर, बानेश्वर–तुम्लिङटार लाईनको प्रशारण निर्माण सम्पन्न गरेको छ । नेपालमा हालसम्म प्रशारण लाइनको निर्माण कार्य मध्ये यो प्रसारण लाईन सबभन्दा लामो र बढी क्षमता (२००० मेगावाट) को प्रशारण लाईन भएको बिद्युत प्राधिकरण आयोजनाका निर्देशक राजन ढकालले बताए ।
प्रसारण लाईनको लम्बाई १०६ किलोमिटर रहेको छ । आयोजनाको कूल लागत नेपाली रुपैंया ४ सय करोड बराबरको रहेको छ । प्रदेश नं. १ को सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभालगायतका जिल्लाको लागि आपूर्ति प्रणाली वा विश्वसनीयता बढाउनुको साथै यस क्षेत्रमा उत्पादित बिद्युतलाई राष्ट्रिय प्रशारण ग्रिडमा जोइन महत्वपूर्ण भूमिका निर्वाह गर्ने ढकालले बताए । कल्पतरु पावर ट्रान्समिशन लिमिटेड, गांधीनगर, गुजरात भारतले उक्त निर्माण कार्यका लागि २०७४ गते निर्माण कार्य सुरु गरेता एक बर्ष अगाडिदेखि कोरोनाको महामारीमा समेत उक्त कम्पनीले नेपाल सरकारले २०७८ असोज १ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने समय तोके पनि कम्पनीले एक महिना अगाडि नै निर्माण कार्य सम्पन्न गरेको कम्पनीका प्रमुख श्री एस एस सिंहले बताए ।

शनिबार, भाद्र ०५, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]