०३ फाल्गुण २०८१, शनिबार

रबिन्द्र बराल

४ वर्ष अगाडि

रंगेली, २७ साउन । रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामरा बिग्रिएको ५ महिना बितिसक्दा समेत मर्मत हुन सकेको छैन ।
नगरपालिकाले नगर भित्र रंगेली बजारको कालीमन्दिर अगाडि, भोटुवावु चोक रंगेली बसपार्कमा र डाईनिया जाने बाटोको मोरिया पुल र भन्सार छेउमा जडान गरेको सिसि क्यामेरा संचालनमा ल्याएको थियो । नगरले बजार तथा आसपासमा अपराध नियन्त्रण, दुर्घटना, चोरीलगायतका गतिविधि नियन्त्रण गर्ने उद्देश्यले जडान गरिएको सिसि क्यामरा संचालनमा नआउँदा अपराधिक गतिविधिकोे निगरानी प्रहरीद्वारा निगरानी हुन भने सकेको छैन । हुलाकी सडक निर्माण कार्य गर्ने का लागि बिद्युत पोल ठाउँ सार्ने कार्य भएको एक महिना बितिसक्दासमेत सिसि क्यामरा भने संचालनमा ल्याउन सकेको छैन । तर भोटुवाबु चोक, भन्सार टोलमा समेत रहेको सिसि क्यामरा सात महिनादेखि बिग्रिएको अवस्थामा रहेको छ । नगरको सुरक्षाको लागि सिसि क्यामरा जडान गरेता पनि सिसि क्यामराको सदुपयोग नहुँदा अपराध गतिविधि समेत बढ्ने सम्भावनासमेत बढ्दै गएको छ ।
ईलाका प्रहरी कार्यालय रंगेलीको संचार शाखामा हार्ड डिक्स र मनिटर जडान गरेर संचार शाखाबाट मनिटर गर्ने व्यवस्था मिलाईएको थियो । नगरपालिकामा सूचना अधिकृत सञ्जय गुप्ताका अनुसार अहिले नगरभित्र ४० स्थान भन्दा बढि ठाउँमा सिसि क्यामरा जडानका लागि फाईवर बिछ्याउने कार्य भईरहेको र अब चाँडै सिसि क्यामरा जडान हुने समेत बताए ।
नगरपालिकाले संसारी माई स्थित चिस्याङ खोला, दर्वेशाको बक्राह पुल, मधुवनि चोक र पिपल चोक चोप्राह बोडरलगायतका स्थानहरुमा थप सिसि क्यामरा जडान गरिने र प्रहरीलाई समेत अपराधीलाई निगरानी गर्न अझ सहज हुने स्थानीयले बताए ।

बुधबार, साउन २७, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]