०२ कार्तिक २०७८, मंगलबार

दर्शन सम्वाददाता

३ महिना अगाडि

विराटनगर, २० साउन । रोटरी क्लब अफ बिराटनगर डाउन टाउनले मानबसेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।
क्लबले बुधबार बिराटनगरको तिनटोलियामा रहेको मानबसेवा आश्रम पुगेर ५० लिटर तेल, ४०० केजी चामल, १०० केजी दाल, १०० केजी चिउरा, ५० केजी चिनी र ४० केजी भुजा सहयोग गरेको हो ।
सामाजिक सेवाको काम गरिरहेको क्लबले भिनिन्न कारणले सडकमा पुगेका तथा मानसिक रोगीहरुको सेवा गर्नु धेरै राम्रो काम भएको बताउँदै क्लबकी अध्यक्ष सन्जिता जैनले आफूहरु पनि यो सेवामा सहभागी हुने उद्देश्यले खाद्यान्न सहयोग गरेको बताइन् ।
मानबसेवा आश्रम बिराटनगरमा पोखरिया, ठूलो मिल र तिनटोलियामा रहेको छ । बिगत दुई बर्षदेखि संचालनमा आएको आश्रमा विशेष गरी सडकबाट ल्याइएका ब्यक्तीहरु छ्न् । तिनटोलियामा रहेको आश्रमका संयोजक नबराज केसीका अनुसार आश्रममा २ सय भन्दा बढी ब्यक्तिहरुले आश्रय लिइरहेका छन् ।
नेपालीहरुको सहयोगमा चलिरहेको आश्रममा क्लबले फेरि पनि आवश्यक सहयोग गर्ने जनाएको छ । क्लबले विभिन्न सामाजिक काम गर्दै दुखी गरीबलाई सहयोग गर्दै आइरहेको छ ।

बुधबार, साउन २०, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]