१६ चैत्र २०८०, शुक्रबार
कोरोना बिमाको रकम भुक्तानी गर्न माग

सम्पूर्ण पीडित बिमितहरुलाई संगठित गरेर संघर्ष गर्नेे चेतावनी

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, १८ असार । कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरुले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् ।
विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर खत्रीसमक्ष बिमाबाट रकम नपाएका १९ जना पत्रकारहरुको टोलीले ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले संक्रमित भई बीमा दाबी गरेको एक महिनाभित्र भुक्तानी दिने भनि गरेको प्रतिवद्धता विपरीत ११ महिना बितिसक्दा पनि भुक्तानी नदिएको बताएका छन् ।
‘तपाईंहरूले नेपाल सरकारको घोषित कार्यक्रम कार्यान्वयन गर्नुभएको हो । हामीले तपाईंहरुले तोकेको प्रिमियम तिरेर बीमा गरेका हौं । तपाईहरुले हामीसँग लिखित सम्झौता गर्नुभएको छ,’ ज्ञापन पत्रमा उल्लेख छ, ‘तर, हामीले पाउनु पर्ने भुक्तानी अझै पाएका छैनौं । हामीले गरेको बीमा दाबीको प्रक्रिया कहाँ पुगेको छ र के हुँदैछ ? भन्ने अन्यौलपूर्ण अवस्था छ ।’
पत्रकारहरुले तीन दिनभित्र लिखित जानकारी दिन र एक हप्ताभित्र दाबी रकम भुक्तानी गर्न मागसमेत गरेका छन् । आफुहरुको माग सम्बोधन नभए सम्पूर्ण पीडित बिमितहरुलाई संगठित गरेर संघर्ष गर्ने उनीहरुको चेतावनी छ । ‘तीन दिनभित्र लिखित जानकारी दिन र एक हप्ताभित्रमा दाबी रकम भुक्तानी गर्न अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘अन्यथा हामी सम्पूर्ण पीडित बिमितलाई संगठित गरी यस कम्पनीको विरुद्धमा चरणबद्ध रुपमा कानूनी र अन्य खालका संघर्षमा उत्रने जानकारी गराउँदछौं ।’ पत्रकारहरुले उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय मोरङ, बिमा समिति काठमाडौं र नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला समितिलाई बोधार्थ पनि दिएका छन् ।

शुक्रबार, आषाढ १८, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]