२० मंसिर २०७८, सोमबार

Darshan Daily

६ महिना अगाडि

विराटनगर, २७ जेठ । प्रहरीले सवारी दुर्घटनामा घाइते भएका २ जनाबाट लागूऔषध वरामद गरेको छ ।
बेलबारी नगरपालिका–१० भाउन्ने जंगल स्थित पूर्व पश्चिम लोकमार्गमा दुर्घटना हुँदा घाइते भएका सवारी चालक र पछाडि सवार दुई जनाले बोकेको लागु औषध ८९२ पिस नाईट्रोजन ट्याब्लेट र १३ः८६० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ इलाका प्रहरी कार्यालय बेलबारीले बरामद गरेको हो ।
सुन्दरहरैचा नगरपालिका–९ का चेवनकुमार धमला र बिशाल भन्ने खेम भट्टराई सवार भएको प्रदेश नं. १–०२–०४१ प ८८८७ नं. को मोटर साईकलले पैदल यात्री बेलबारी–११ का प्रितम राई, सन्देश दास र कानेपोखरी गाउँपालिका–७ का दिलकुमार योगीलाई ठक्कर दिंदा ५ जना नै घाईते भएका थिए । घाइते सबैको उपचारको लागि नोवेल सामुदायिक अस्पताल बेलबारीमा ल्याईएकोमा घाईते मोटरसाइकलमा रहेका धमला र भट्टराईलाई शंका लागि चेकजाँचका क्रममा लागु औषध वरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका धमला र भट्टराईसंग अनुशन्धानका क्रममा सो लागुऔषध सुनवर्षी गाउँपालिका–८ का अब्बास मियाबाट खरीद गरी ल्याएको खुल्न आएको थियो । प्रहरीले मियाको घर खानतलासी गर्दा कटुवा पेस्तोल–१, सोको गोली–२, नाईट्रोभेट ६०० ट्याब्लेट, डाईलेक्स डिसी २ बोतल र चक्कु–१ समेत फेला परेको जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

बिहिबार, जेठ २७, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]