११ माघ २०८१, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

बिराटनगर, २३ जेठ । अवैध रुपमा राखिएको मदिरा प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जहदा–१ बुधनगर स्थित उत्तर दक्षिण सडक खण्डमा मोटरसाइकलमा राखिएको वेवारिसे मदिरा आइतबार बरामद गरेको हो ।
प्रहरीले खाली जग्गामा अवैध मदिरा राखिएको प्राप्त सूचनाका आधारमा खोजतलास गर्ने क्रममा बरामद गरेको जनाएको छ । प्रहरी उक्त स्थानमा को३२प ९५२१ नं. को होण्डा र को२०प ८७६१७ नम्बरको पल्सर मोटरसाईकलसमेत बरामद गरेको जनाएको छ । मोटरसाइकलमा लोड गरी राखिएको विभिन्न ब्राण्डका ४ लाख ९० हजार ६ सय बराबरको अवैध मदिरा रहेको जनाएको छ ।
प्रहरीले दिलवाले लेखिएको ३०० मिली ग्रामको ३०९ कार्टुन, उमंग लेखिएको ३०० मिली ग्रामको २७७ कार्टुन र बिभिन्न ब्राण्डको खुल्ला मदिरा १९०० बोतल बरामद गरेको थियो ।
प्रहरीले आवश्यक कार्वाहीका लागि उक्त अवैध मदिरा बिराटनगर मूल भन्सार कार्यालयमा बुझाउने जनाएको छ ।

सोमबार, जेठ २४, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]