विराटनगर, २३ जेठ । निषेधाज्ञाको अवधिमा गरीव समुदायका व्यक्तिलाई आवश्यक खाद्यान्न उपलव्ध गराउन विभिन्न छ बटा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबारदेखि विराटनगर–५ मा फुट बंैक संचालनमा ल्याएका छन् ।
नटराज एग्रो भेट, शिखर अर्गनाइजेशन, तुलसी मोटर पम्प, तुलसी वहुमुखी सहकारी संस्था, शिव शिखर एग्रो र गोर्खा टि एण्ड कफिले आगामी सात दिनसम्म दैनिक विहान ७ बजेदेखि १० बजेसम्म दुई सय गरीवहरुलाई खाद्यान्न वापत दुई किलो चामल, ५०० ग्राम दाल, एक केजी नुन र एक सय ग्राम सोयाविना वितरण शुरु गरेको छ ।
दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएकोमा केही सहयोग पुगोस् भन्ने उद्देश्य अनुरुप सहयोग शुरु गरेको नटराज एग्रोका बजार व्यवस्थापक सिताराम बर्तौलाले जानकारी दिनु भयो ।
उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थाबाटबाट प्राप्त सहयोगअनुसार निषधेज्ञाको अवस्था हेरेर पछि थप दिनलगायत थप खाद्यान्न वितरण गर्ने बताउनु भयो ।