०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

बेलबारी, १५ जेठ । मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलियाबाट ल्याएर किसानहरुलाई बोयर जातको बाख्रा बितरण गरेको छ ।
कोरोनाको महामारीकै बीच नगरपालिकाले कृषक समूह तथा ब्यबसायिक फर्महरुलाई बाख्राका पाठा पाठी बितरण गरेको हो ।
५२ ओटा बोका र ३८ वटा पाठी बितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए ।
एक करोड २५ लाख मूल्य खर्च गरेर नगरपालिकाले अष्ट्रेलियाबाट चार्टर गरी बोका ल्याएर बितरण गरेको हो । किसानहरुलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अष्ट्रेलियाबाट ल्याएर पाठा पाठी बिरतण गरिएको नगर प्रमुख सुबेदीले बताए । बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रका रुपमा बिकास गर्ने लक्ष्य लिएको उनले बताए ।
समूह तथा फर्महरुलाई सर्त नै राखेर बितरण गरिएको छ । अनुदानमा दिएका बाख्राहरु बिक्री गर्न नपाउने सर्त राखेर बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताए । तिनै बाख्राका पाठापाठीबाट उत्पादन बढाउने लक्ष्य लिएको उनले बताए ।
नगरपालिकाले बोयर बाख्रा पाठा अनुदानमा दिनका लागि कार्यविधिनै बनाएको थियो ।
यो जातको बाख्राले दाना, पानी र स्थानीय स्तरमा पाईने सबै घाँस खाने भएकाले यतिबेला कृषकहरुको ध्यान उक्त बाख्रापालनमा गएको छ । थोरै समयमा धेरै नाफा दिने भएपछि कृषकहरुमा समेत बोयर प्रतिको मोह बढिरहेको छ । अन्य जातको बाख्रा भन्दा बोयरले छिटो सयमा फाइदा दिने पशु प्राविधिकहरु बताउँछन् ।
बाख्राका पाठा पाठी पाएपछि कृषकहरु समेत खुसि भएका छन् । अष्ट्रेलियालाई बोयरको प्रजनन केन्द्रका रुपमा मान्ने गरिन्छ बेलबारीमा ब्यबसायिक बाख्रा पालन गर्दै आएका किसान राजन गोर्खालीले भने यसले आय आर्जनमा ठुलो राहत मिल्ने छ । माछा दुध तथा अन्डामा आत्मनिर्भर भइसकेको नगरपालिकाले मासुमा समेत आत्मनिर्भर बनाउने जनाएको छ । निशेधाज्ञाको सयमा भिडभाड बढ्ने भएपछि नगरपालिकाले समूह तथा फर्ममा लगरे पाठ पाठी छोडिदिएको छ ।

शनिबार, जेठ १५, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]