३० आश्विन २०७८, शनिबार

Darshan Daily

७ महिना अगाडि

इटहरी, १३ चैत । इटहरीमा भूमीसम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ ।
इटहरी उपमहानगरको आयोजनामा भूमी सम्वन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया शुक्रबार गरिएको हो ।
इटहरीका सबै जनप्रतिनिधि, वडा सचिवहरु र राजनीतिक दलका प्रतिनिधिहरुको अन्तरक्रियामा सहभागिता रहयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद सर्वध्वज साँवाले स्थानीय सरकारको काँघमा भूमीसम्वन्धी समस्या समाधान गर्ने ऐतिहासिक जिम्मेवारी आएको बताउनुभयो ।
उहाँले दु्रत गतिमा काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले भूमीसम्वन्धी समस्या समाधान गरेर सुकुम्वासी विहीन नगर बनाउने सपना साकार बनाउने अवसरलाई सदुपयोग गर्ने बताउनुभयो । उहाँले गलत ब्यक्तिले फाइदा नउठाउन भनेर सजग रहनुपर्ने बताउनुभयो ।
उपप्रमुख लक्ष्मी गौतमले अन्तरक्रियाको उद्देश्यमाथि प्रष्ट पार्नुभयो । उहाँले इटहरी उपमहानगरका प्रमुखको संयोजकत्वमा भूमिसम्वन्धी समस्या समाधान मूल समिति र वडाहरुमा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय सहजिकरण समिति गठन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा भूमीसम्वन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य गोपाल गुरागाईले आयोग गठनको उद्देश्य र संवैधानिक कानुनी प्रवन्ध र स्थानीय निकायको दायित्वका वारेमा प्रष्ट पार्नुभयो । यसैगरि भूमीसम्वन्धी समस्या समाधान आयोग सुनसरीका अध्यक्ष खेमराज पोखरेलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अब्यवस्थित वसोवासी प्रमाणिकरणका आधारहरुका बारेमा जानकारी गराउनुभयो । यसैगरि भूमीसम्वन्धी समस्या समाधान आयोग मोरङका अध्यक्ष डीपी साम्पाडले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अब्यवस्थित वसोवासीको लगत संकलनसम्वन्धी कार्यविधिका वारेमा प्रष्ट पार्नुभयो ।
भूमीसम्वन्धी समस्या समाधान आयोग सुनसरीका सदस्य सूर्य राईले सुनसरीमा आयोगले गरिरहेका कार्यका वारेमा जानकारी गराउनुभयो ।

शुक्रबार, चैत्र १३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]