०२ कार्तिक २०७८, मंगलबार

Darshan Daily

७ महिना अगाडि

विराटनगर, ११ चैत । प्रदेश १ मा बुधबार १३ जनामा कोरोना संक्रमित भेटिएका छन् । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो ।
प्रदेश १ मा बिहीबार ३२२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७ पुरुष र ६ महिलाको रिपोर्ट पाजेटिभ आएको हो ।
प्रदेश १ मा हालसम्म २ लाख २८ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २९ हजार ७९७ जना डिस्चार्ज भएका छन् । ४४ जना आईसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४६६ जनाको मृत्यु भएकोे छ ।
प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप २ लाख ९८ हजार ८५३ लाई लगाईएको छ ।

बुधबार, चैत्र ११, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]