बिराटनगर, २८ । प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले पत्रकार राष्ट्र र जनताको ऐना भएको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ मोरङ र केदारबहादुर वस्नेतद्वारा स्थापित षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार–२०७६ वितरण गर्दै उहाँले सञ्चारकर्मीको कलमबाट मुलुक र जनताको अनुहार देखिनुका साथै सुशासन कायम गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
प्रदेश प्रमुख अधिकारीले पत्रकारका कारण नेपालमा ठूलाठूला आन्दोलन सफल भएको चर्चा गर्दै वर्तमान अवस्थामा सञ्चारकर्मीले थप जिम्मेवार रही कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुुभयो । महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सार्वजनिक निकायमा भएका सूचनाका मालिक जनता भएको हुनाले महासंघले नागरिकलाई बलियो बनाउन सूचनाको हक प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सभासद जयराम यादव, पुरस्कार स्थापनाकर्ता बस्नेत, पुुरस्कृत व्यक्तित्व धर्मेन्द्र झा, महासंघ प्रदेश–१ का अध्यक्ष बिक्रम लुुइटेल, प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मा, महासंघ मोरङ अध्यक्ष वन्धुु पोखरेल तथा उपाध्यक्ष कुुमोद अधिकारीले सूचना हकअधिकारबाट आम नागरिकको सरोकार विषयमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
षष्टिका बस्नेत सूचनाको अधिकार पुुरस्कार–२०७६ बाट महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा तथा प्रोत्साहन पुरस्कारबाट झापाका पत्रकार मोहनकाजी न्यौपानेलाई पुुरस्कृत गरिएको छ । पुुरस्कारको राशि ५० हजार र रु १५ हजार रहेको छ ।
विराटनगर–११ निवासी केदारबहादुुर बस्नेतले आफ्नो धर्मपत्नी स्वर्गीय षष्टिका बस्नेतको नाममा सो पुुरस्कार स्थापना गर्नुुभएको हो । वि.सं. २०७३ मा स्थापना भएको उक्त पुरस्कारबाट यसअघि विनय कसजु, तारनाथ दाहाल र शिव गाउँलेले प्राप्त गर्नुभएको थियो भने प्रोत्साहन पुरस्कारबाट राजु श्रेष्ठ र गणेश लम्साललाई सम्मानित गरिएको थियो ।