बिराटनगर, २७ फागुन । बिक्री गर्ने उद्देश्यले रोजगारी दिलाई दिने बहानामा २ महिलालाई बिराटनगर–६ स्थित दक्षिण गेटमा ल्याउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगर–१५ पशुपति टोलका काजी तामाङ र बिराटनगर–१६ दक्षिण बस्ने प्रेमबहादुर मगरलाई गत शुक्रबार इलाका प्रहरी कार्यालय रानी बिराटनगरले पक्राउ गरेको हो ।
तामाङ र मगरले होटलमा काममा लगाई दिन्छु भनि ललाई फकाई प्रलोभनमा पारी सिन्धुपाल्चोक गाउ“बाट काठमाण्डौ हुँदै २ जना महिलालाई विराटनगरमा बोलाई रोजगारी दिलाइ दिने बाहनामा भारतमा लगी वेचबिखन गर्ने उद्देश्यले विराटनगर–१६ दक्षिण गेटमा ल्याएका थिए ।
आपूmलाई बेचिन लागेको भनि महिलाले उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।