१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

३ वर्ष अगाडि

इटहरी, २१ फागुन । इटहरीमा लैङ्गिक हिंसा न्यूनिकरण अभियानलाई थप प्रभावकारी बनाउन सबै सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्तिको ब्यवस्था गरिएको छ ।
विद्यालयका शिक्षिका, शिक्षक मध्ये एक जनालाई लैङ्गिक सम्पर्क ब्यक्ति तोकिएको हो ।
इटहरीका सबै ३६ वटा विद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्ति रहेका छन् । उहाँहरुले विद्यालय तथा आसपासको समुदायसँग जोडिएका लैङ्गिक हिंसाका घटनालाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले बताउनुभयो ।
हिंसाबाट जोगिन के गर्नुपर्छ, हिंसा भइहाले के गर्ने ? भन्ने बिषयमा उहाँहरुले विद्यालयमा सचेतनामूलक कक्षा संचालन गर्नुहुने छ । सामुदायिक विद्यालयहरुमा तोकिएका लैङ्गिक सम्पर्क ब्यक्तिका लागि उपमहानगरले अभिमुखिकरण सम्पन्न गरेको छ ।
अब प्रत्येक विद्यालयका लैङ्गिक सम्पर्क ब्यक्ति र विद्याार्थीहरु बीच पनि अभिमुखिकरण कार्यक्रम गर्ने योजना रहेको उपप्रमुख गौतमले जानकारी दिनुभयो ।

शुक्रबार, फाल्गुण २१, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]