विराटनगर, २१ फागुन । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ ।
कोभिड–१९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले कोभिड अस्पताल, ल्यावमा कार्यरत कर्मचारीहरुलाई सम्मानित गरिने बताउनुभयो ।
सामाजिक विकास मन्त्रालय र सामाजिक संघ÷संस्थाहरुको आयोजनामा दिवस मनाईने उहाँले बताउनुभयो । उहाँका अनुसार फागुन २४ गते विहान जिल्ला प्रशासन कार्यालय प्रांगणबाट विहान ७ बजे शुरु हुने ¥याली आदर्श माविमा आएर कार्यक्रममा परिणत हुने छ । साँझ विराटनगर ट्राफिक चौकमा दीप प्रज्वलन गरी कार्यक्रम समापन गरिने सामाजिक विकास महाशाखा प्रमुख बरालले बताउनुभयो ।
१११ औं अन्तर्राष्ट्रिय महिला दिवस महिलाको सुरक्षा, सम्मान रोजगारः समृद्ध नेपालको आधार भन्ने नाराका साथ ८ मार्च अर्थात फागुन २४ गते मनाईदैछ ।