३० आषाढ २०८१, शनिबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, २० फागुन । ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामग्री उपलब्ध गराएको छ ।
आगलागी बस्तीमा बुधबार पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेज समेत घोषणा गर्नु भएको छ ।
आगलागी पीडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले दोभानबस्तीमा पुगेर बताउनु भएको हो । त्यस्तै डेराभाडामा बस्दै आएका परिवारलाई प्रति परिवार ३० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।
आगलागी पीडितहरुको अवस्था बुझ्न घटनास्थल पुग्नु भएका मुख्यमन्त्री राईले पीडितहरुको मागअनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकर समेत उपलब्ध गराउने जानकारी दिनुभयो । मुख्यमन्त्री राईले संघीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो ।
प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि १८ सय केजी चामल, २५० केजी दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामाग्री मुख्यमन्त्री राईले पिडित परिवारलाई हस्तान्तरण गर्नुभयो ।
आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको टोलीले थप उपचारका लागि काठमाडौं पठाएको छ ।
मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, प्रदेश सभा सदस्य टंक आङबुहाङ, प्रताप प्रकाश हाङगामलगायत आगलागी बस्ती पुग्नु भएको हो ।

शुक्रबार, फाल्गुण २१, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]