११ माघ २०८१, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

बिराटनगर, १८ फागुन । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याउने बताउनु भएको छ ।
भरतमोहन अधिकारी स्मृति फाउण्डेशन काठमाडौं र विष्णुमाया पुस्तकालय विराटनगरद्वारा मंगलबार यहाँ आयोजित भरतमोहन अधिकारी दोश्रो स्मृति दिवस समारोहमा उहाँले स्व. अधिकारीले शुरुवात गर्नु भएको सामाजिक भत्ता दुई वर्षभित्र पाँच हजार पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
फाउण्डेशनका संरक्षकसमेत रहनु भएको अध्यक्ष नेपालले स्व. अधिकारीको दीर्घकालिन सोच र विकासको अवधारणाअनुसार वि.सं. २०५१ मा ग्रामीण क्षेत्रका जनताको जीवनस्तरका उकास्न तथा गाउँको विकासका लागि ल्याएको ‘आफ्नो गाउँ आपैm बनाउ’ कार्यक्रममा त्यस बेला निकास गरिएको तीन लाख रकम अहिले ३० करोडबाट भएबाट जनताको मुहारमा खुशी आएको धारणा राख्नु भयो । उहाँले पार्टीको संगठन विस्तारमा एवं संविधान निर्माणमा स्व. अधिकारीको ठूलो भूमिका रहेको चर्चा गर्दै देश विकास, जेष्ठ नागरिकको मुहारमा मुस्कान, अशिक्षा, गरीवी निवारणमा निरन्तर छलफल एवं कार्य गर्नु भएको स्मरण गर्नु भयो ।
अध्यक्ष नेपालले सर्वोच्च अदालतले मृत्यु हुन लागेका संविधान र संसद व्यूताइदिनु जनता र सत्यको जीत भएको धारणा राख्नु भयो । उहाँले राजनीतिक निकास एवं नयाँ प्रधानमन्त्री चयनका लागि वर्तमान नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिनु पर्नेमा जोड दिंदै अन्यथा आन्दोलित अत्याधिक संसदले आवश्यक छलफल गरी नयाँ नेतृत्व चयन गर्ने दावी गर्नुभयो ।
फाण्डेशनका अध्यक्ष सोमप्रसाद पाण्डे, स्व. अधिकारीकी छोरी लीमा अधिकारी, प्रा. भेषप्रसाद धमला र सुरेश राज शर्माले स्व. अधिकारी राजनीतिक, सामाजिक, आर्थिक, राष्ट्रिय विकास कानूनीका ज्ञाता र मृदुभाषी र सरल र दीर्घसोध भएको व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो ।
सो अवसरमा २३ जना अग्रज कम्यूनिस्ट नेता र १२५ ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

मंगलबार, फाल्गुण १८, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]