०२ कार्तिक २०७८, मंगलबार

Darshan Daily

९ महिना अगाडि

इटहरी, १९ माघ । इटहरीमा आप्mनो घर आँगनमै स्वास्थ्य परीक्षण गर्न पाउँदा अपाङ्गता भएका ब्यक्तिहरु उत्साहित भएका छन ।
इटहरी उपमहानगरमा अपाङ्गता भएका ब्यक्ति तथा बालबालिकाका लागि सुरु निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन वडा नम्वर २ का ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
इटहरी की उपप्रमुख लक्ष्मी गौतमले शिविरको उद्घाटन गर्नुभयो । वडाध्यक्ष हर्क मगर र करुणा फाउण्डेसनकी सुनसरी संयोजक सगुन गुरुडले स्वास्थ्य शिविरका बारेमा बोल्नुभयो । डा. गुञ्जन त्रिताल, डा. उपासना पोखरेल, अडियोलोजिष्ट स्पिचथेरापिष्ट रमेश चौधरीलगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्नुभयो । कार्यक्रममा अपाङ्गता परिचय पत्र नलिएका ५४ जनाको सूचीकरण गरिएको छ । इटहरीमा माघ १८ देखि २६ गतेसम्म अपाङ्गता भएकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रमअन्र्तगत निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो । इटहरी उपमहानगर, प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपांगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ । माघ १९ गते वडा नम्वर ३ को स्वास्थ्य क्लिनिकमा, माघ २० गते वडा नम्वर ५, ७ र ८ का लागि इटहरी अस्पतालमा र माघ २१ गते वडा नम्वर ४, ६ र ९ का लागि इटहरी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने छ । यसैगरि माघ २२ गते वडा नम्वर १०, ११ र १२ का लागि र माघ २३ गते वडा नम्वर १३ र १४ का लागि खनार स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । माघ २५ गते वडा नम्वर १७ र १८ का पकली स्वास्थ्य चौकीमा, माघ २६ गते वडा नम्वर १५ र १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा र माघ २७ गते वडा नम्वर १, १९ र २० का लागि २० नम्वर वडा कार्यालयमा स्वास्थ्य शिविर हुने छ । स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषण सम्वन्धि परामर्श दिइने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिनुभयो । उहाँका अनुसार हाडजोर्नीको अप्रेसन र हातखुट्टा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिने छ । यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार पारिने छ । निःशुल्क स्वास्थ्य शिविरमा सहभागि हुनका लागि अपाङ्गता भएका ब्यक्ति र बालबालिकालाई इटहरी उपमहानगरले आग्रह गरेको छ ।

सोमबार, माघ १९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]