१५ चैत्र २०८०, बिहिबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, १८ माघ । प्रदेश १ मा १३ हजार बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । खोप शुरु भएको ५ दिनको अवधिमा १३ हजार २८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आइतबारसम्म सुनसरीमा २ हजार ६५४, झापामा २ हजार ५८१, मोरङमा २ हजार २२४, इलाममा १ हजार १०४, भोजपुरमा ५८२, ओखलढुंगामा ५६३, धनकुटामा ५३९, पाँचथरमा ४८९, तेह्रथुममा ४४२, खोटाङमा ३४६, उदयपुरमा ३३४, सोलुखुम्वुमा २२६, संखुवासभामा २८१ र ताप्लेजुङमा २१८ जनाले खोप लगाएका छन् ।
प्रदेश १ मा माघ १४ गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका निमित्त निर्देशक ज्ञानबहादुर वस्नेतले मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्य जिल्लामा १–१ वटा खोप केन्द्र मार्फत खोप लगाउने गरिएको बताउनुभयो ।
प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मीसहित ३५ हजार ५७६ लाई खोप लगाईने कार्यक्रम छ ।

आइतबार, माघ १८, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]