३० आषाढ २०८१, शनिबार

Darshan Daily

३ वर्ष अगाडि

इटहरी, ९ माघ । इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ ।
वडा नं. १६ टिहिटि टोलमा विपन्न मुसहरवस्ती सामुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको हो ।
तराइ मधेस समृद्धि कार्यक्रमअन्तरगत ७७ लाख लगानीमा ती घरहरु निर्माण गरिएको हो । त्यहाँ भित्रि बाटोहरु, चिल्डे«न पार्क, सामुदायिक भवन र दिनाभद्रिको मठसमेत बनाइएको छ प्रमुख द्वारिकलाल चौधरी इटहरी उपमहानगर विपन्न जनताको हीतमा गम्भिर रहेको बताउनुभयो । जनताको आँगनमा खुशियाली र अनुहारमा मुस्कान ल्याउन उपमहानगरले कार्य गरिरहेको बताउनुभयो । वडा नम्वर १६ र १७ को सडक निर्माणका क्रममा विस्थापित हुने अतिविपन्न परिवारलाई ती घरमा राखिने उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो ठाउँमा ५० घर रहेको नमूना वस्ति निर्माण गरिने योजना छ ।

शुक्रबार, माघ ०९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]