१५ चैत्र २०८०, बिहिबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर २३ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होम आईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजबाट ३–३, कोशी अस्पताल कोभिड १९ बाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार १५५ पुगेको छ ।
प्रदेश १ मा बिहीबार १९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९, मोरङमा ५, झापामा ४ र तेह्रथुममा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ५, इटहरीमा ३, रामधुनीमा १, मोरङको विराटनगरमा ३, लेटाङ र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड, कनकाई, अर्जुनधारा, मेचीनगरमा १–१ र तेह्रथुमको म्याङलुङका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितको संख्या २९ हजार ९४७ पुगेको छ । सक्रिय संक्रमित ३२९ जना छन् ।
प्रदेश १ मा बिहीबार ३६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

बिहिबार, पौष २३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]