०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १७ पुस । नेपाल पत्रकार महासंघ मोरङ शाखाको १३ औँ साधारण सभामा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संचार क्षेत्रमा विकास एवं सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाले संचार कार्यविधि मस्यौदा तयार गरिरहेकोले यसमा सहयोग गर्न संचारकर्मीहरु आग्रह गर्नुभयो ।
उहाँले संचारकर्मीहरुको वृत्ति विकासमा सहयोग गर्न नगरपालिकाले कल्याणकारी कोष बनाउने यसमा नगरपालिकाको ८० प्रतिशत र संचारकर्मीहरुको २० प्रतिशत सहयोग हुनु पर्ने भन्दै अहिलेको वर्तमान परिस्थितिमा द्वन्द्व र अस्थिरतातर्पm मुलुकलाई जान नदिन संचारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संचार क्षेत्रको सूचना र समाचारबाट आम नागरिकमा जागरुकता बढेको चर्चा गर्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले संचारकर्मीहरु आप्mनो पेशामा मर्यादित हुनुपर्ने र पत्रकारिताको क्षेत्रमा स्वस्थ आलोचना गर्नु राम्रो हो भन्नुभयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि संचारकर्मीहरुको भूमिका अग्रणी हुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ प्रदेश नं. १ समितिको संयोजक विक्रम लुइँटेलले पत्रकारिता क्षेत्रको विकासमा योगदान दिन स्थानीय तहले सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टी मोरङका अध्यक्ष राजकुमार यादव, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्डदा, राष्ट्रिय मानव अधिकार आयोगको पूर्वाञ्चल निर्देशक नितु गड्तौला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जानुका बरालले समाजमा चेतना ल्याउन र गलत मानिसहरुलाई खबरदारी गर्न पत्रकारिता क्षेत्र महत्वपूर्ण योगदान दिइरहेको चर्चा गर्नुभयो ।
सो अवसरमा पाँच जना सञ्चारकर्मीहरु पुरस्कृत एवं सम्मानित भएका छन् ।
पुरस्कृत एवं सम्मानित हुनेहरुमा खिलेश्वरी पत्रकारिता पुरस्कारबाट कमल पौडेल, नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय पदम सरदार र बाबुराम भण्डारी, प्रतिभा पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय हरिप्रसाद कोइराला र विवेक गौतम छन् ।
खिलेश्वरी पत्रकारिता पुरस्कार र नगर विकास पत्रकारित पुरस्कारको राशि जनही १५ हजार छ भने प्रतिभा पत्रकारित पुरस्कारको राशी जनही २१ हजार छ ।

शुक्रबार, पौष १७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]