०२ कार्तिक २०७८, मंगलबार

Darshan Daily

१० महिना अगाडि

विराटनगर, १७ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४४ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १४२ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ४३० पुगेको छ ।
प्रदेश १ मा शुक्रबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १८, मोरङमा ९, सुनसरीमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको दमकमा १०, मेचीनगर र कनकाईमा २–२, विर्तामोड, भद्रपुर, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ जना, मोरङको विराटनगरमा ८, धनपालथानमा १, सुनसरीको इनरुवामा ३, इटहरीमा २, भोक्राहानरसिंहमा १, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ८१२ पुगेको छ ।
प्रदेश १ मा शुक्रबार ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ८ हजार ९११ ज्नाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार, पौष १७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]