०२ कार्तिक २०७८, मंगलबार

Darshan Daily

१० महिना अगाडि

विराटनगर, १५ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार १८० पुगेको छ ।
प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ र सुनसरीमा ६–६, झापा र धनकुटामा ४–४, खोटाङमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २, सुन्दरहरैचा, कानेपोखरी, पथरीशनिश्चरे र बुढीगंगामा १–१, सुनसरीको धरानमा ३, इटहरीमा २ र रामधुनीमा १, झापाको कनकाईमा २, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको सिदिङ्वामा १ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ७५५ पुगेको छ ।
प्रदेश १ मा बुधबार ३१७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ११ महिला र १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ८ हजार ४७५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

बुधबार, पौष १५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]