०३ कार्तिक २०७८, बुधबार

Darshan Daily

१० महिना अगाडि

विराटनगर, १४ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५३ जना डिस्चार्ज भएका छन् ।
होम आईसोलेसनबाट २४६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ८७० पुगेको छ ।
प्रदेश १ मा मंगलबार ३० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५, झापा र सुनसरीमा ४–४ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ५, केराबारीमा ४, बुढीगंगामा ३, बेलबारी, मिक्लाजुङ र उर्लाबारीमा १–१, झापाको मेचीनगरमा २, दमक र विर्तामोडमा १–१, सुनसरीको इटहरीमा ४ र प्रदेश १ बाहिरका ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ७२९ पुगेको छ ।
प्रदेश १ मा मंगलबार ४२१ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये १२ महिला र १८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ८ हजार १५८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

बुधबार, पौष १५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]