२१ कार्तिक २०८१, बुधबार

Darshan Daily

४ वर्ष अगाडि

इटहरी, १४ पुस । विराटनगर–इटहरी–धरान छ लेन सडक योजनाअन्र्तगत इटहरीमा सडक विस्तारको ठेक्कापट्टा भएको स्थानमा सडक सिमाभित्र पर्ने संरचना सात दिनभित्र हटाउन सार्वजनिक सूचना गरिने भएको छ ।
इटहरी उपमहानगरमा मंगलबार बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
सूचना जारी भएको सात दिन भित्र सडक सिमाभित्रको आ–आप्mनो संरचना नहटाए इटहरी उपमहानगर, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतको सहयोगमा ठेक्कापट्टा भएको सडक सिमाभित्रका संरचना हटाउने निर्णय भएको छ । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल, प्रहरी प्रमुख कमल थापा, इटहरी उपमहानगरका वडाध्यक्षहरु तथा रानी–विराटनगर–इटहरी–धरान सडक योजनाका प्रमुख बद्रीप्रसाद शर्मालगायत सरोकारवाला सहभागि बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सडक सिमा भित्रका संरचना नहटाइएका कारण निर्माण कार्यमा वाधा भएको बिषयमा छलफल भएको थियो । यसअघि २०७६ फागुन १६ गते उपमहानगरमा बसेको बैठकले सडक सिमा खाली गराउने निर्णय गरेको थियो । त्यसपछि राष्टिय पत्रिकाहरुमा संरचना हटाउन सार्वजनिक सूचना जारी भएको थियो । हटाउनुपर्ने अस्थायी तथा स्थायी संरचनाको इटहरी उपमहानगर र योजनाका प्राविधिकहरुबाट संयुक्त लगत संकलन कार्य समेत भएको थियो ।

बुधबार, पौष १५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]