३१ आषाढ २०८१, आइतबार

Darshan Daily

४ वर्ष अगाडि

बिराटनगर, १३ पुस । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमा सोमबार ¥याली र कोणसभाको आयोजना गरेको छ ।
वीरेन्द्र सभागृहबाट निकालिएको र्याली नगरपरिक्रमा पश्चात जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतको निर्णय स्वीकार्य हुने बताउनुभएको छ ।
उहाँले कांग्रेस वामपन्थीको सहकार्यमा सरकारमा सहभागी नहुने प्रष्ट पार्दै एक्लै निर्वाचनको तयारीका लागि पालिकास्तरमा विरोधसभा गर्नुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य डा. कोइरालाले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सवल बनाउने जिम्मेवारी नेकाको काँधमा आएको छ भन्नुभयो ।
अर्का केन्द्रीय सदस्य डा. डीला संग्रौलाले संसद् विघटनबाट संविधान कार्यान्वयनमा अवरोध सिर्जना भएको आरोप लगाउँदै विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद रमेशजंग रायमाझीले वर्तमान सरकारले शिक्षा, स्वास्थ्य र नागरिकको उपचार कार्यमा लाग्नुपर्ने बताउनुभयो । प्रदेश नं १ प्रदेशसभाका प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले जनताको अधिकार स्थापित गराउन सडक आन्दोलन जारी रहने छ भन्नुभयो ।

सोमबार, पौष १३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]