१५ चैत्र २०८०, बिहिबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, १२ पुस । प्रदेश नं. १ को सरकारविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता भएको छ ।
प्रदेशसभा सदस्य भीमप्रसाद आचार्यसहित ३७ सदस्यले नेपालको संविधानको धारा १८८ को उपधारा ४ एवं प्रदेश नं. १ को प्रदेशसभा नियमावली २०७४ को नियम १२९ बमोजिम प्रदेश सचिवालयमा आइतबार बिहान १०ः४३ बजे अविश्वास प्रस्ताव दर्ता भएको हो ।
अविश्वासको प्रस्ताव पेश गर्ने प्रयोजनका लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम तत्कालै प्रदेशसभा बैठक बोलाउन पनि माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रदेशसभा सदस्य शेरधन राईले नेतृत्व गरेको प्रदेश सरकारको विघटनपछि सदस्य आचार्यलाई नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ ।
सो प्रस्तावका प्रस्तावकमा प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो र समर्थकमा प्रदेशसभा सदस्य लछुमण तिवारी हुनुहुन्छ । प्रदेशसभामा नेकपाका ६७, नेपाली कांग्रेसका २१, जनता समाजवादी पार्टीका तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकएक गरी कूल ९३ सदस्य छन् । नेकपा दाहाल–नेपाल समूह समर्थित ३७ र नेकपा समर्थित ३० सदस्य भएको जनाइएको छ ।
यसैबीच प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आइतबार बिहान आफ्नो पदबाट राजीनामा दिनुभएको उहा“का स्वकीय सचिव राम पोखरेलले जानकारी दिनुभयो । उहा“स“गै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले पनि राजीनामा दिनुभएको छ ।
वर्तमान राष्ट्रिय राजनीतिमा आएको परिवर्तनका कारण आफूहरुले प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्रीमा रही काम गर्न असमर्थ रहेको कारण देखाई उहा“हरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश नं. १ को कार्यालय विराटनगरमा राजीनामा पत्र बुझाउनु भएको छ ।
निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले वर्तमान राजनीतिक घटनाक्रममा समान धारणा राख्ने राजनीतिक दलस“ग कार्यगत एकता हुनसक्ने बताउनुभयो ।
प्रदेशसभा सचिवालयमा आइतबार दर्ता भएको अविश्वासको प्रस्तावको प्रस्तावकसमेत रहनुभएका पूर्वमन्त्री आङ्बोले संघीय सरकारले प्रतिनिधिसभा भंग गरेपछि उत्पन्न परिस्थितिमा समान धारणा राख्ने राजनीतिक दलस“ग बृहत् कुराकानी भइरहेको जानकारी दिनुभयो । आङ्बोलाई शनिबार मुख्यमन्त्री राईले पदमुक्त गर्नुभएको थियो ।
उहा“ले आफूले दुई वर्ष १० महिना प्रदेश सरकारको मन्त्री भएर काम गर्दा सुखद् अनुभूति रहेको तथा मुख्यमन्त्रीस“ग असल सम्बन्ध रहेको बताउनुभयो । उहा“ले भन्नुभयो, ‘हामी संसद्मा बहुमत बनाएर अघि बढ्ने छौ“, मलाई शनिबार मन्त्री पदबाट मुक्त गरिएको विषय एकदमै प्राकृतिक एवं सामान्य हो ।’

आइतबार, पौष १२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]