०२ कार्तिक २०७८, मंगलबार

Darshan Daily

१० महिना अगाडि

विराटनगर, ८ पुस । प्रदेश १ मा बुधबार २८६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
होम आईसोलेसनबाट २८३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ७८१ पुगेको छ ।
प्रदेश १ मा बुधबार ३५ संक्रमित थपिएका छन् । मोरङमा १९, झापामा ६, सुनसरीमा ५, तेह्रथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १३, रतुवामाई र धनपालथानमा २–२ र रंगेली र बेलबारीमा १–१, झापाको दमक र शिवसताक्षीमा २–२, गौरादह र मेचीनगरमा १–१, सुनसरीको धरानमा २, इटहरी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१, तेह्रथुमको फेदाप र इलामको सूर्योदयमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ५२४ पुगेको छ ।
प्रदेश १ मा बुधबार ४७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

बुधबार, पौष ०८, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]