०२ कार्तिक २०७८, मंगलबार

Darshan Daily

१० महिना अगाडि

विराटनगर, २ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२३ जना डिस्चार्ज भएका छन् ।
होम आईसोलेसनबाट १९३, मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट १२–१२, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आईसोलेसन केन्द्र र विराट मेडिकल कलेजबाट २–२ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २४६ पुगेको छ ।
प्रदेश १ मा बिहीबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । ४६७ जनाको पीसीआर परीक्षण गर्दा २४ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
मोरङमा १९, झापामा १५, सुनसरीमा ११, संखुवासभा र प्रदेश १ बाहिर १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १५, जहदामा २, बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १०, कमल गाउँपालिकामा २, गौरादह, कनकाई र शिवसताक्षीमा १–१, सुनसरीको धरानमा ६, इटहरीमा ३, दुहवी र स्थानीय तह नखुलेका १–१, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार १८७ पुगेको मन्त्रालयले जनाएको छ ।

बिहिबार, पौष ०२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]