२१ कार्तिक २०८१, बुधबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २९ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०८ जना डिस्चार्ज भएका छन् ।
होम आईसोलेसनबाट १८९, न्युरो अस्पतालबाट १०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ८४३ पुगेको छ ।
प्रदेश १ मा सोमबार १०२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२, सुनसरीमा ३०, झापामा २१, इलाममा ९, सोलुखुम्वुमा ३, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १३, केराबारीमा ६, सुन्दरहरैचामा ५, रंगेली, बुढीगंगा, रतुवामाई, बेलबारी र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ३, सुनसरीको इटहरीमा १५, धरानमा ११, इनरुवा, बर्जु, बराहक्षेत्र र भोक्राहानरसिंहमा १–१, झापाको विर्तामोडमा ६, दमकमा ५, कनकाईमा ३, शिवसताक्षी र भद्रपुरमा २–२, अर्जुनधारा, मेचीनगर र झापा गाउँपालिकामा १–१, इलामको माईमा ४, सूर्योदयमा २, इलाम नगरपालिका, देउमाई र रोङमा १–१, सोलुखुम्वुको थुलुङ दुधकोशीमा ३, पाँचथरको फिदिम, ताप्लेजुङको फुङलिङ, तेह्रथुमको म्याङलुङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ९८१ पुगेको छ ।
प्रदेश १ मा सोमबार ६४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र ६९ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १ हजा २८२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सोमबार, मंसिर २९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]