११ माघ २०८१, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २८ मंसिर । प्रदेश १ मा आइतबार ६७ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ३१, झापामा १८, सुनसरीमा ५, तेह्रथुम, ताप्लेजुङ र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १६, बेलबारीमा १२, सुन्दरहरैचामा २ र रतुवामाईमा १, झापाको विर्तामोडमा ६, दमकमा ४, गौरादहमा ३, शिवसताक्षीमा २, गौरीगञ्ज, मेचीनगर र कमलगाउँपालिकामा १–१, इटहरीमा २, इनरुवा, रामधुनी र बर्जुमा १–१, तेह्रथुमको लालीगुराँसमा २, ताप्लेजुङको फुङलिङमा २, उदयपुरको त्रियुगामा २, संखुवासभाको खाँदबारी र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ८७९ पुगेको छ ।
प्रदेश १ मा आइतबार ५९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होम आईसोलेसनका रहेका छन् । प्रदेश १ मा आइतबार ४६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३७ महिला र ३० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आइतबार, मंसिर २८, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]