बिराटनगर, २७ मंसिर । प्रहरीले कुन्युमा राखेको धान आगो लगाउने एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले रंगेली–४ आमतोलाका माइनो सतारको धानको कुन्युमा आगो लगाउने अनिल मण्डललाई शुक्रबार पक्राउ गरेको हो ।
मण्डलले २०७५ माघ १ गते सतारको कुन्युमा आगो लगाई फरार रहेका थिए । उनलाई सुनवर्षी–६ गोविन्दपुर टोलमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मण्डललाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।