३१ आषाढ २०८१, आइतबार

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

बिराटनगर, २७ मंसिर । प्रहरीले अवैध रुपमा भारतीय रुपैंयासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१७ इस्लामपुरमा भारत सुन्दर बिहार पश्चिम दिल्ली बस्ने महेश चन्द्रलाई चेकजा“च गर्ने क्रममा एक लाख उनान्सय हजार भारतीय नोटसहित नियन्त्रणमा लिएको हो ।
चन्द्रका साथबाट ५ सयको ३९० ओटा र २ हजारको २ भारतीय नोट फेला पारेको प्रहरीले जनाएको छ । उनलाई नोटसहित इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार, मंसिर २७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]