१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, २६ मंसिर । कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीहरुले शुक्रबार विराटनगरमा ‘जाँउ है पोखरा’ अभियान कार्यक्रम संचालन गरेका छन् ।
पश्चिमाञ्चल होटल संघ पोखराद्वारा यहाँ आयोजित अन्तरिक पर्यटन पुनरुत्थान तथा प्रवद्र्धन अभियानअन्तर्गत आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले मुलुकको ग्राहस्थ उत्पादनमा वृद्धि गर्न, सरकारको राजश्व वृद्धि, विदेशी मुद्रा आर्जन र रोजगारी उपलव्ध गराउन यस क्षेत्रमा पूर्वाधार विकासका साथै दैनिक हवाई तथा सहज यातायातको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
सहभागीहरुले विराटनगरका भारतीय सीमा क्षेत्रमा रहेका शहरमा भारतीय नागरिकलाई आवागमन वृद्धि गराउन पोखराका हिम श्रृंखला, धार्मिक, नाल पदयात्राको आकर्षण प्रचार प्रचार गर्नुका साथै स्वास्थ्य सुरक्षा पालना गरी अविलम्व सीमा खोल्नु पर्नेमा जोड दिएका थिए ।
उनीहरुले विराटनगर तथा पोखरा पर्यटकीय बस र दैनिक हवाई सेवा संचालनका निजी तथा सरकारलाई दवाव दिनु पर्ने आवश्यकता औंल्याएका छन् ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पोखरामा पर्यटक भित्र्याउन अहिले होटल र प्याराग्लाइडिङ, बन्जी जम्पीङमा ५० र खानामा २० प्रतिशत छुट दिएको जानकारी दिंदै यस क्षेत्रका नागरिकले पोखराको भ्रमण गराई पर्यटन क्षेत्रलाई चलायमान गराउन सबैसंग सहयोगको आग्रह गर्नुभयो ।
होटल व्यवसायी संघ प्रदेश नं. १ का अध्यक्ष राजन श्रेष्ठले आन्तरिक पर्यटकलाई प्रोत्साहन गरी पर्यटन क्षेत्र आवागमनमा जोड दिनु आज जरुरी रहेको छ भन्दै पोखराका पर्यटन व्यवसायीले प्रदेश नं. १ को धार्मिक, प्राकृतिक पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा जोड दिन अनुरोध गर्नुभयो ।
आन्तरिक पर्यटक उत्पादन समितिका प्रदेश संयोजक भविष श्रेष्ठ, पोखराका पर्यटन व्यवसायी हरि शर्मा गैरे, विराटनरका होटल व्यवसायी पुण्य भट्टराई र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले प्रदेश नं. १ को भारतीय सीमा क्षेत्र पश्चिम वंगाल र विहारका जनतासमक्ष पोखराको पर्यटन क्षेत्रसंग जोड्न आग्रह गर्नुभयो ।
अन्तरक्रियामा विराटनगरका पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

शुक्रबार, मंसिर २६, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]