०३ कार्तिक २०७८, बुधबार

दर्शन सम्वाददाता

१० महिना अगाडि

बिराटनगर, २४ मंसिर । प्रहरीले अवैध रुपमा भन्सार छली ल्याएको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधबार विराटनगर–१७ मटेरूवाका जसिम कुजराको घरमा भन्सार छली ल्याएको अन्दाजी २ लाख बरावरको जाडोमा लगाउने थर्मकोट १४७ सेट बरामद गरेको हो ।
भन्सार चोरी निकासी पैठारी तथा अवैध रूपमा भन्सार छली स्टोक गर्ने कार्यलाई निरूत्साहित गर्ने अभियान स्वरूप विशेष सूचनाको आधारमा सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरेको सामानहरु आवश्यक कारवाहीको लागि बिराटनगर मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने प्रहरीले जनाएको छ ।

बुधबार, मंसिर २४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]