३० आश्विन २०७८, शनिबार

रबिन्द्र बराल

१० महिना अगाडि

रंगेली, २४ मंसिर । रंगेली नगरपालिका–७ स्थित बसपार्क नजिकैबाट लागुऔषधसहित २ जना युवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रंगेलीले सुनवर्षी नगरपालिका–९ बस्ने २४ बर्षका कुन्दन सहनी र १९ वर्षका आदर्श दासलाई बुधबार पक्राऊ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित लागुऔषध नाईट्राभेट ट्यावलेट १ हजार २ सय ३० थान बरामद गरेको छ । प्रहरीले सुराकीको आधारमा पक्राउ गर्न सफल भएको हो । उनीहरु सवार को३३प २०६२ नम्वरको मोटरसाइकलबाट लागुऔषध फेला परेको छ । उनिहरु लाई लागुऔषध ओसार पोसारअन्तर्गत मुद्दा चलाउने ईलाका प्रहरी कार्यालय रंगेलीका निरीक्षक अनमोल खड्काले बताए ।

बुधबार, मंसिर २४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]