०१ साउन २०८१, मंगलबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २० मंसिर । भोजपुरको षडानन्द नगरपालिकाका–४ का ७० बर्षीय रामबहादुर राईको उद्दार गरिएको छ ।
विगत ९ बर्षदेखि बिरामी परेका उनको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले शनिबार उद्दार गर्नुभएको हो ।
आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको छ । घरमा भएको एकमात्र सन्तान छोरा पनि मानसिक रोगी भएका कारण राईको उपचार र पालन पोषणमा समस्या भएपछि दुबै जनालाई उद्दार गरी विराटनगरको मानव सेवा आश्रममा ल्याईएको छ ।
राईको उद्दार गर्दै राज्यमन्त्री गजमेरले स्वास्थ्य उपचार र रेखदेखको काम सरकारले गर्ने बताउनु भयो । सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिहरुको उद्दार तथा पुर्नस्थापनाको काममा प्रदेश सरकार लागेको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी तथा सडक आश्रितको उद्दार गर्दै आएको गजमेरले बताउनुभयो । करिव २ महिना अघि राईको स्वास्थ्यमा समस्या भएपछि स्थानीय खार्तम्छा स्वास्थ्य चौकीले स्लाइन पानीलगायत प्राथमिक उपचार गरेको थियो ।
उद्दार गरिएका राई स्वास्थ्य परीक्षण पछि रोगबारे थाहा हुने मानव सेवा आश्रम प्रदेश १ संयोजक नवराज केसीले बताउनुभयो ।

शनिबार, मंसिर २०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]