११ माघ २०८१, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १९ मंसिर । बन्दाबन्दीको समयमा संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालय विराटनगरले ४६ किलोमिटर सडक कालोपत्र एवं मर्मत सम्भार गर्ने कार्य सम्पन्न गरेको छ ।
तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्र्तगत मोरङ र सुुनसरी जिल्लामा गत आर्थिक वर्ष २०६७÷७७ मा ५० करोडको लागतमा सडक विस्तार एवं कालोपत्रे गर्ने काम सम्पन्न गरेको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरी, सडक डिभिजन कार्यालय विराटनगरका प्रमुुख पशुुपती ज्ञवालीले जानकारी दिनुभयो ।
सुनसरी र मोरङ जिल्ला कार्य क्षेत्र रहेको कार्यालयले सुनसरीको कोशी व्यारेज–इनरुवा, साहेवगञ्ज बर्जु गाउँ, चिमडी, कप्तानगंजदेखि नयाँ हटिया, देवानगञ्ज, इनरुवा चौधरी टोलदेखि मधेशा, झक्कन झोडादेखि मधेशासम्मको सडक कालोपत्र एवं विस्तार गरेको हो ।
यसैगरी सुनसरी जिल्लाको धरान बजार, वरगाछी, भोटेपुल क्षेत्रमा कालोपत्रे एवं सडक विस्तार गरिएको छ ।
कार्यालयले इटहरीदेखि कोशी व्यारेज तथा धरानदेखि भेडेटारसम्मको १९ किलोमिटर सडक खण्डको मर्मतसम्भारको काम सम्पन्न गरेको छ ।
मोरङ सुनसरीको पूर्व पश्चिम राजमार्ग तथा सहायक मार्गको स्तरउन्नती पुुल पुुलेसाको मर्मत सम्भार गरेको कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी नितिष झाले बताउनु भएको छ ।
यसैगरी मोरङको रामचोक, वरडंगा, आमबारी, उर्लावारी, भाउन्ने, आमतोला, पूर्वपश्चिम राजमार्गअन्तर्गत विराट चोकलगायत क्षेत्रमा कालोपत्रे एवं सडक विस्तार गरेको छ ।
कोरोना महामारीको समयमा स्वास्थ्य सुरक्षा एवं सामाजिक दुरी कायम निर्माणको कामलाई निरन्तरता दिइएको कार्यालय प्रमुख ज्ञवालीले बताउनु भयो ।
यसैगरी कार्यालयले ३७ करोडको लागतमा तीन बटा मोटरेवल पुलको निर्माण कार्य सम्पन्न गरेको सूचना अधिकारी झाले जानकारी दिनुभयो ।
कार्यालयले मोरङ र सुनसरीको भित्री सडकअन्तर्गत जुडी खोला, थलहा र धमना खोलामा पुल निर्माणबाट स्थानीय जनतालाई सहज आवतजावतमा सुविधा पुगेको छ ।
स्थानीय नागरिकलाई लामो समयदेखि उक्त खोलामा पुुल नभएका कारण वर्षातमा सदरमुकामलगायत बजार क्षेत्रमा आफ्नो उत्पादन बिक्री वितरण र घरेलु सामग्री खरीदका लागि कठिनाई भोग्दै आएकोमा पुल निर्माणबाट सहज भएको छ ।
पुल निर्माणबाट उक्त क्षेत्रका करीव एक लाख जनतालाई आवत जावत एवं ढुवानीमा सहज भएको छ ।
लकडाउनको समयमा मुुख्य राजमार्गसंग सिमा जोडिएका सडकको स्तरउन्नती गर्नुुका साथै लामो समयदेखि जग निर्माण भएर छुुटेका तथा ढलान गर्न बाँकी रहेका पुुलहरुको निर्माण सम्पन्न गरेकाले अहिले वर्षाको समयमा पनि आवत जावत गर्न सहज भएको कार्यालय प्रमुुख ज्ञवालीको भनाई रहेको छ ।
यसैगरी यस वर्ष राजमार्ग मर्मत एवं कालोपत्रे एवं पुलका लागि ६३ करोढ बजेट विनियोजन गरिएको सूचना अधिकारी झाले बताउनु भयो ।
उहाँले यस वर्ष कार्यालयले मोरङ र सुनसरी जिल्लामा २५ बटा मोटरेबल पुल निर्माण गर्ने लक्ष्य लिएको बताउनु भयो ।
यस वर्ष निर्माण गर्ने पुलहरुमा जुडी, धमना, वुढी खोला, बक्राहा, मधुमल्ला, ज्वाला पुल, दत्तकिश्चा पुल, टेंग्रा, डाँस खोला, सिंघिया, वुढीखोलालगायतका २० देखि १०० मिटरसम्मका रहेको कार्यालयले जनाएको छ ।
यसैगरी तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत २१ करोड ६० लाख वजेट बिनियोजना भएको सूचना अधिकारी झाले जानकारी दिनु भयो ।
कोरोना महामारीले सीमा नाका बन्दका कारण पुल निर्माणका लागि आवश्यक सामग्रीको, दक्ष जनशक्तिको कमीको कारण निर्माण कार्यमा ढिलाई हुने प्रमुख ज्ञवालीले बताउनु भयो ।
उहाँले कोरोनाको कारण निर्माण गर्नुपर्ने काममा ५० प्रतिशत कमी भएको छ भन्नुभयो ।
नाका बन्दको कारण पुल निर्माण आवश्यक पाइपलगायतका कच्चा पदार्थको कमी हुनका साथै ढुवानीमा समेत समस्या रहेको प्रमुख ज्ञवालीले जनाउनु भएको छ ।

शुक्रबार, मंसिर १९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]