१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, १९ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २९३ जना होम आईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ७३१ पुगेको छ ।
प्रदेश १ मा शुक्रबार १३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५२, सुनसरीमा ३५, झापामा २५, इलाममा ८, उदयपुर र संखुवासभामा २–२, पाँचथर, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २६, सुन्दरहरैचामा ८, बेलबारीमा ६, बुढीगंगा, केराबारी र सुनबर्षीमा २–२, रतुवामाई, पथरीशनिश्चरे, धनपालथान, कानेपोखरी, रंगेली र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा १५, धरानमा १०, बराहक्षेत्रमा ३, रामधुनीमा २, हरिनगर, दुहवी र इनरुवामा १–१ र स्थानीय तह नखुलेका २, झापाको दमकमा ५, शिवसताक्षी, विर्तामोड र झापा गाउँपालिकामा ४–४, मेचीनगर र बुद्धशान्तिमा ३–३ र भद्रपुरमा २ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
उता इलामको सुर्योदयमा ७, इलाम नगरपालिकामा १, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १–१, संखुवासभाको मकालु र खाँदबारीमा १–१, पाँचथरको कुम्बायक, धनकुटाको महालक्ष्मी र खोटाङको साकेलमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ९५५ पुगेको छ ।
प्रदेश १ मा शुक्रबार ६७२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५४ महिला र ८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९४ हजार ८३९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार, मंसिर १९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]