२१ कार्तिक २०८१, बुधबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १८ मंसिर । प्रदेश १ मा बिहीबार २८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ६१, सुन्दरहरैचामा १७, उर्लाबारीमा १५, बेलबारीमा ७, पथरीशनिश्चरेमा ६, लेटाङमा ४, बुढीगंगामा ३, ग्रामथान र कटहरीमा २–२, धनपालथान, मिक्लाजुङ, सुनबर्षी, कानेपोखरी र केराबारीमा १–१, झापाको हल्दिबारीमा १३, विर्तामोडमा १०, भद्रपुरमा ७, दमकमा ६, कनकाई र कमल गाउँपालिकामा ४–४, शिवसताक्षी, कचनकवल र बाह्रदशीमा ३–३, गौरादह र अर्जुनधारामा २–२, गौरीगञ्ज, बुद्धशान्ति, मेचीनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उता सुनसरीको इटहरीमा २५, इनरुवामा ६, रामधुनीमा ५, धरानमा ४, दुहवीमा ३, बराहक्षेत्रमा २, भोक्राहानरसिंह, हरिनगर र देवानगञ्जमा १–१, संखुवासभाको मकालुमा ८, खाँदबारीमा ७, इलामको इलाम नगरपालिकामा ४, पाँचथरको फिदिम, हिलिहाङ र फालेलुङमा १–१, उदयपुरको त्रियुगामा २, स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर र अरुणमा १–१, ताप्लेजुङको पाथीभरा याङवरक, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र धनकुटाको पाख्रिवासमा १–१ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ८२० पुगेको छ ।
प्रदेश १ मा बिहीबार १० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ४३७ पुगेको छ ।
प्रदेश १ मा बिहीबार १ हजार ४११ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३० महिला र १५७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हालसम्म १ लाख ९४ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

बिहिबार, मंसिर १८, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]