३० आश्विन २०७८, शनिबार

Darshan Daily

११ महिना अगाडि

विराटनगर, १६ मंसिर । प्रदश १ मा मंगलबार १७९ जना कोरोना संक्रमित थपिएका छन् ।
झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा २–२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको विर्तामोडमा २२, भद्रपुरमा १५, दमकमा ७, कनकाई र शिवसताक्षीमा ४–४, अर्जुनधारामा ३, मेचीनगरमा २, गौरादह, बुद्धशान्ति, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ४०, बेलबारीमा ३, केराबारी, पथरीशनिश्चरे र सुन्दरहरैंचामा २–२, रतुवामाई, उर्लाबारी, कटहरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा १८, इटहरीमा १७, भोक्राहानरसिंह, देवानगञ्ज र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजटिभ आएको मन्त्रालयले जनाएको छ ।
उता इलामको माईमा ८, इलाम नगरपालिका र रोङमा १–१, पाँचथरको फिदिम र मिक्लाजुङमा १–१, तेह्रथुमको लालिगुराँसमा २, ताप्लेजुङको पाथीभरा याङवरक, धनकुटा र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ४४१ पुगेको छ ।
प्रदेश १ मा मंगलबार ९२ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ८३, विराट मेडिकल कलेजबाट ५, मेची अस्पतालबाट ३ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ३७७ पुगेको छ ।
प्रदेश १ मा मंगलबार ८३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५५ महिला र १२४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९२ हजार २६१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार, मंसिर १६, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]